काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले गत आर्थिक वर्षका लागि संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार संस्थाको प्रतिकित्ता सेयर ६७४ रुपैयाँ कायम भएको छ। 

अब बजार खुलेपछि संस्थाको सेयर समायोजित मूल्यअनुसार नै कारोबारमा आउनेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आज सोमबारदेखि बुक क्लोज गरेको छ। यसको अर्थ साधारणसभामा भाग लिन र लाभांश प्राप्ति गर्न हिजो (चैत ९ गते) सम्म कायम सेयरधनीहरुमात्र योग्य हुनेछन्। 

संस्थाको वार्षिक साधारणसभा यही चैत २६ गते पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा हुँदैछ।