nepal telecom
                                    काठमाण्डौ । नेपाल टेलिकमले जिएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन(ऋण) रकम उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धमा नेपाल टेलिकम र हंङकङ्गस्थित त्ष्बहब को लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.लि.बीच यही चैत्र ६ गते सम्झौता भएको छ । यसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा ऋण उपलब्ध हुनेछ ।
कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका थिए ।
कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याएको टेलिकमले जनाएको छ ।
यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिर्य उपभोक्तालाई लोन रकम उपलब्ध हुने र चिार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट सो रकम काटिने बताइएको छ ।
उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने टेलिकमको दाबी छ । सम्झौता अनुसार यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19