 
                     
                                
                             
                                    काठमाण्डौ । एनसीसी बैंकले आर्थिक वर्ष २०७८-७९ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाएको छ।
बैंकले आज एक सूचना प्रकाशित गरी गत मंसिर ६ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाइएको जानकारी गराएको हो।
बैंकको गत मंसिर २ गते सम्पन्न २५ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको थियो। जसमा ३.२६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ नगद लाभांश छन्।
बैंकले नगद लाभांश बुझ्नका लागि सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न र हितग्राही खातामा रहेको बैंक खाता अद्यावधिक गर्न पनि आग्रह गरेको छ।
त्यस्तै सेयर धितो कर्जा लिएका सेयरधनीहरुलाई नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर ल्याउन पनि बैंकले आग्रह गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19