 
                     
                                
                             
                                    काठमाण्डौ । एनसीसी बैंकको सवा १० लाख बढी कित्ता सेयर आज पुस १२ गतेबाट बिक्रीमा राखिएको छ।
बैंकले ७ जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा राखेको छ। जसअनुसार कुल १० लाख ३९ हजार ५०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बिक्रीमा राखिएको संस्थापक सेयरमा एनसीसी बैंककै विद्यमान अन्य संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको बागबजारस्थित बैंकको सेयर विभागमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19