काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्षका लागि कुल १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०.२६९५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो माघ ९ गते हुने २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।