काठमाण्डौ । एनसीसी बैंकले साढे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। 

बैंकका ८ जना संस्थापक सेयरधनीका नाममा रहेको कुल ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी कोषराज वन्तको ३ लाख ८ हजार कित्ता, बोधप्रसाद त्रिपाठीको १ लाख ८ हजार कित्ता, मेनका लामाको १ लाख ४ हजार १०६ कित्ता, दिपक लामाको ९५ हजार ७६७ कित्ता, कैलाश प्रतिन्द्र अमात्यको ८७ हजार ३३५ कित्ता, अम्बरबहादुर तामाङको ४१ हजार ४३ कित्ता, गिरिराज शर्मा संग्रौलाको १४ हजार २१ कित्रा र पवनसिंह भण्डारीको १ हजार कित्ता संस्थापक सेयर बैंकले बिक्री गर्न लागेको हो। 

बिक्रीमा राखिएका सेयरमा एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले ३५ दिनभित्र बागबजारस्थित बैंकको सेयर विभाग कार्यालयमा निवेदन दिन पर्नेछ। 

यो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने ती सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।