काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर बिक्री गर्ने भएको हो। ती संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न चाहेकोले बैंकले आज संस्थापक सेयर बिक्रीको सूचना निकालेको हो।
बैंकले नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको नाममा रहेको १९ लाख २२ हजार २७० कित्ता, निश्चल प्रधानको नाममा रहेको ७ लाख ११ हजार ८६६ कित्ता, लक्ष्मी ढकालको नाममा रहेको १५ हजार ८७० कित्ता, अर्जुन महर्जनको नाममा रहेको ७ हजार ६२६ कित्ता, श्रवणकुमार अग्रवालको नाममा रहेको ४ हजार कित्ता र विनिता बज्राचार्यको नाममा रहेको १ हजार ४३४ कित्ता संस्थापक सेयर बिक्री गर्दैछ।
बिक्रीमा राखिएको संस्थापक सेयर खरिदका लागि बैंकले संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेको छ। यो सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीलाई बैंकको काठमाण्डौको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्न आग्रह गरिएको छ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago