काठमाण्डौ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिदबिक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न  आदेश दिएको छ ।

अदालतले विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयर बिक्री नगर्नु /नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा अदालतको उक्त फैसला आएको हो ।

यो आदेशपछि उक्त कम्पनीको सेयर बिक्री भइसकेको भए तत्कालै सेयर नामसारी नहुने भएको छ ।

यस प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई  आगामी ५ गते छलफलमा बोलाएको छ ।