काठमाण्डौ । महान पर्व बडादसैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरी ‘अफरभित्र पनि मेगा अफर’ योजना ल्याएको छ । 

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खालि नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । 

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खालि नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्का समेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरी ६० प्रतिशतसम्म छुट पनि पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आरवान फाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन्। 

एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत उपलब्ध छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्नसक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याति कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधासहित बिश्व बजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।