काठमाण्डौ । एफवान सफ्ट इन्टरनेसनले युज मोबाइल बैंकिङ डटकमको सुरुआत गरेको छ। यो वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्नेछ। 

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामग्री) छन् र तिनीहरुको प्रयोगका बारेमा जान्न चाहने कुनै पनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाइल बैंकिङ प्रयोगको ट्युटोरियल (सन्दर्भ सामग्री) हेर्न सक्छन्। 

वेबसाइटमा मोबाइल बैंकिङसम्बन्धी नवीनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ। युज मोबाइल डटकम एफवान सफ्ट इन्टरनेसनलद्वारा मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो। जुन सहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा विस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ। 

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने, ‘मोबाइल बैंकिङको ठूलो सम्भावना छ र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ। मोबाइल बैंकिङको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाइल बैंकिङ डट कमले मोबाइल बैंकिङ प्रयोग गर्न सहज बनाउन मद्दत गर्छ।

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो। जसको १८ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ। 

कम्पनीले हाल १ हजारभन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। कम्पनीले ५० भन्दा बढी वित्तीय संस्थाहरुको बैंकिङ र वित्तीय संस्थाहरुको बैंकिङ अनुप्रयोगहरु निर्माण  गरेको छ। 

युज मोबाइल बैंकिङ डटकम मोबाइल बैंकिङका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास हो। कम्पनीले आमप्रयोगकर्तालाई वेबसाइटमा जान र नवीनतम समाचारहरुसँग अद्यावधिक रहनका लागि युज मोबाइल बैंकिङका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ।