काठमाण्डौ। एभरेष्ट बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सुविधा ल्याएको छ ।

‘कोइली’ नाम दिइएको यो सुविधा क्यूआर प्रयोगकर्ताले कारोबार सम्पन्न हुनासाथ नेपाली, नेवारी, मैथिली, भोजपुरी र अंग्रेजी लगायत रोजाइको भाषामा भुक्तानीको सूचना प्राप्त गर्न सकिने बताइएको छ ।

कम्पनीले अविछिन्न रूपमा डिजिटल कारोबारलाई प्राथमिकता दिएर अगाडि बढेको बताएको छ ।

‘कोइली’ खासगरी भाषाका कारण समस्यामा परेका प्रयोगकर्तालाई तत्काल सुरक्षित र सहज जानकारीका लागि प्रयोगमा ल्याइएको पनि कम्पनीले जानकारी दिएको छ ।