काठमाण्डौ । एभरेष्ट इन्स्योेरेन्स कम्पनी लिमीटेडले १ बराबर ३ अनुपात(३०० प्रतिशत)को हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति घोषणा गरेको छ । 

कम्पनीले बैशाख ९ गते बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ बैशाख ८ गतेसम्म कम्पनीको सेयरधनी भएकाहरु मात्र हकप्रद भर्न योग्य मानिनेछन् ।

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका कुल ८२ लाख १९ लाख ४७५ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

कम्पनीको २३ औं वार्षिक साधारणसभाले ८२ करोड १९ लाख रुपैयाँको हकप्रद निश्कासनको प्रस्ताव पारित गरेपछि कम्पनीले हकप्रद निश्कासनको प्रक्रियालाई अगाडि बढाएको हो ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

यो कम्पनीले हालै १०५ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । यो सेयर नेप्सेमा सूचिकृत भइसकेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रदपछि १ अर्ब ९ करोड माथि पुग्नेछ ।