काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी जेठ १४ गतेदेखि १ बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ। 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो। 

यो हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले बैशाख ९ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ बैशाख ८ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरु वा सो मितिसम्म सेयरधनी कायमले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रदबाट ८२ करोड १९ लाख पूँजी जुटाउन खोजेको हो । पूँजी वृद्धिको दवाबमा रहेको यो कम्पनीले अन्य विकल्प छाडेर हकप्रदको बाटो रोजेको हो । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीले हालै पनि १०५ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । एकपछि अर्को गर्दै ठूलो परिमाणमा सेयरधनीलाई हकप्रदको भारी बोकाएर बिमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने अभियान यो कम्पनीले सुरु गरेको देखिन्छ । 

हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ४३५ रहेको छ।