काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले आज(जेठ १४ गते)देखि १ बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।

यो हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले बैशाख ९ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ बैशाख ८ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरु वा सो मितिसम्म कायम सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रदबाट ८२ करोड १९ लाख पूँजी जुटाउन खोजेको हो । पूँजी वृद्धिको दवाबमा रहेको यो कम्पनीले अन्य विकल्प छाडेर हकप्रदको बाटो रोजेको हो । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीले हालै पनि १०५ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले एकपछि अर्को गर्दै ठूलो परिमाणमा सेयरधनीलाई हकप्रदको भारी बोकाएर बिमा समितिले तोकेको चुक्तापूँजी पुर्याउन खोजेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ४२५ रहेको छ।