काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले ८८ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।
हालै सम्पन्न बैंकको गत आर्थिक वर्षको वार्षिक साधाणसभाले ९.९१ प्रतिशतले हुन आउने संस्थापक सेयर सर्वसाधारण सेयर रुपान्तरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। सोहीअनुसार संस्थापक समूहको ८८ लाख १० हजार ८२६ कित्ता सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको बैंकले जनाएको छ।
योसँगै अब बैंकका संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात क्रमशः ५९.२३ प्रतिशत र ४०.७७ प्रतिशत भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19