काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडको अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

बैंकको १०० अंकित मूल्यका कुल ४ लाख कित्ता अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको हो। 

उक्त अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्दै नेप्सेले सूचीकृत गरिएको जनाएको छ। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत गरिएको नेप्सेले जनाएको छ।