काठमाण्डौ । एभरेस्ट बैंको ऊर्जा ऋणप आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेमा एभरेस्ट बैंकको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ सूचीकृत भएको हो। 

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० इकाइ सूचीकृत भएका छन्। केही समयअघि यो ऋणपत्र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्तार्ल वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।