काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयरमा खरिद आवेदन दिने आज सोमबार अन्तिम मौका रहेको छ ।

लाइफ इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर गत मंसिर २३ गतेदेखि लिलामी प्रक्रियाबाट बिक्री खुलाएको थियो ।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४९५ रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने छन् ।

बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।