काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सेयरधनीको डिम्याटमा जम्मा गरिदिएको छ।
कम्पनीको गत फागुन ११ गते सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस सेयर वैशाख १५ गते डिम्याटमा जम्मा गरिदिएको हो। बुक क्लोजको मितिसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको डिम्याटमा बोनस सेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ।
बुक क्लोजको मितिपश्चात सेयर अभौतिकीकरण गरेका सेयरधनीको हकमा भने क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर डिम्याटमा प्राप्त गर्न पनि आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19