काठमाण्डौ । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तीय योजना तालिम सुरु गरेको छ।
गत शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरुका लागि निःशुल्क तालिम तथा परामर्श सुरु गरेको हो। यस्तो तालिम हरेक शुक्रबार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ।
सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरुले तालिम दिने जनाइएको छ।
क्यापिटलले तालिममा सेयर बजारको आधारभुत चरित्र, वित्तीय लगानी योजना, नेपालमा सेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरुलगायतका विषयमा परामर्श दिइनेछ।
यस्तै सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरुको छनोट तथा सेयरमा लगानी र कारोवारी तरिकाबारे पनि जानकारी दिइने क्यापिटलले जनाएको छ। तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्तादेखि कारोबार गरिरहेका लगानीकर्ता पनि सहभागी हुन सक्नेछन्।
तालिममा सहभागीलाई तालिमपश्चात पनि एलिट क्यापिटलले आफ्ना अनुसन्धान प्रक्रियामा सहभागी गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए।
हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरुले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाइटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन्। तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सीमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19