काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स चैत २१ गतेदेखि स्थापनाको एघारौं वर्षमा प्रवेश गरेको छ । 

२०६४ साल चैत २१ गतेबाट यो कम्पनीले औपचारिक रुपमा बिमा सेवा प्रवाहको थालनी गरेको थियो ।

कम्पनीले १० वर्षकोे अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म ६८ वटा जिल्लामा कुल २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा बीमा सेवा विस्तार गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ 

एघारौं वर्षको उपलक्ष्यमा कम्पनीले २०७४ चैत्र १७, २० र २१ गते सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रहरु सम्पन्न गरेको छ । 

कम्पनीले १० वर्षको अवधिमा ७५ वटै जिल्लामा अभिकर्ताहरुलाई तालिम प्रदान गरी २०७४ फागुन मसान्त सम्ममा कुल रु.४,०४,४०० बीमालेख बिक्रि गरी रु. १३ अर्व ०९ करोड प्रिमियम संकलन तथा २०७४ पौष मसान्त सम्म रु. ११ अर्व ३२ करोड  जीवन बीमा कोष रहेको छ । साथै सोही अवधिसम्म कम्पनीको कुल लगानी रु.११ अर्ब २५ करोड रहेको छ । हाल सम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी (१२,१५,१८ र २० वर्षे), सुखी जीवन, बाल उमंग, वाल भविष्य, एशियन पेन्सन, जीवन रत्न, दम्पती सुरक्षा, धन समृद्धि, सामूहिक सावधिक, सरल सुरक्षा,जनकल्याण लघु बीमा आदि गरि १७ जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । 

यस कम्पनीले विश्वको ख्याती प्राप्त तथा तेश्रो ठूलो पुनर्बीमा कम्पनीको रुपमा स्थापित जर्मनीको हनोभर रिसँग हालै पुनर्बीमा सम्बन्धी सम्झौता समेत गरेको छ ।

कम्पनीको काठमाण्डौको नक्साल स्थित ३७ आना जग्गामा निकट भविष्यमा कर्पोरेट भवन बनाउने लक्ष्य रहेको छ ।