काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद खरीद गर्न चाहनेहरुका लागि दोश्रो बजारबाट सेयर उठाउने आज(मंगलबार) अन्तिम दिन हो । 

यो कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन २२ गतेलाई बुक क्लोज मिति तोकेको छ। 

यसको अर्थ कम्पनीले निश्कासन गर्ने हकप्रद खरीद गर्न चाहनेले आज(फागुन २१ गते)सम्म सेयर किनिसक्नु पर्नेछ ।

यो कम्पनीले निकट भविष्यमै १०० रुपैयाँ अंकित दरका ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको छ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर २ अर्ब माथि पुग्नेछ ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५४५ रुपैयाँ रहेको छ ।