काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले सोमबार(आज)देखि १० बराबर ६ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । 

इच्छुक र योग्य सेयरधनीले आगामी बैशाख २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

एशियन लाइफले ६० प्रतिशत हकप्रदका लागि फागुन २२ गते नै बुक क्लोज गरेको थियो । यसको अर्थ फागुन २१ गतेसम्म कम्पनीको सेयरधनी कायम भएकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एआइबिएल एस क्यापिटलले गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि २ अर्ब माथि पुग्नेछ ।