काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले हकप्रदका लागि आवेदन दिने समय थप गरेको छ । 

अब यो कम्पनीका सेयरधनीले हाल निश्कासनमा रहेको हकप्रद भर्नका लागि आगामी बैशाख २ गतेभित्र आवेदन दिनुुपर्नेछ । यसअघि तोकिएको समय चैत १८ गतेसम्म हकप्रद बिक्री नहुने देखिएपछि म्याद थप गरेको बताइएको छ । 

एशियन लाइफ इन्स्योरेन्सले गत फागुन १३ गतेदेखि २ बराबर १ को अनुपातमा ४० लाख २७ हजार ९ सय ६६.२० कित्ता हकप्रद सेयरको बिक्री खुलाएको थियो । हकप्रदका लागि माघ ८ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ माघ ७ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरुले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरिरहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब २१ करोडको उचाईमा पुुग्नेछ । 

एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ ।