काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न अहिलेको परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा गराउन नसकिने निक्र्यौल निकाल्दै शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ।
मन्त्रालयको सोमबार बसेको बैठकले एसईई आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। गत वर्षकै जस्तै आन्तरिक विधिअनुरुप गराउने प्रस्ताव मन्त्रालयले गरेको छ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले अहिलेको अवस्थामा एसईई भौतिक उपस्थितिमा गराउन सम्भव नहुने भन्दै वैकल्पिक विधि अवलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयको आज बसेको बैठकले गत वर्षकै मूल्यांकन विधिबाट एसईई गराउन मन्त्रिपरिषद्समक्ष प्रस्ताव गर्ने निर्णय मन्त्रालय स्रोत बताउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19