काठमाण्डौ । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो। कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय बोर्डले गरेको छ।
अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यहीअनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19