– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको पाइएको छ। यही चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्स बनाउन अध्ययन सुरु गरेको छ।
एसएमईअन्तर्गत विशेषगरी लघुवित्त, ह्यान्डिक्राफ्ट, रेस्टुराँ, कटेज, ट्राभल एन्ड टुर्सजस्ता कम्पनी पर्न सक्छन्। यद्यपि एसएमआईअन्तर्गत कस्ता–कस्ता कम्पनी पर्ने भन्ने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अध्ययन गरेर धितोपत्र बोर्डलाई बुझाउनेछ।
सामान्यतया विदेशमा ५० जनाभन्दा कम कर्मचारी भएका कम्पनीलाई एसएमई इन्डेक्समा राखिन्छ। नेपालमा एसएमई इन्डेक्समा राखिने कम्पनीको क्राइटेरिया र पुँजी कति भन्ने विषय नेप्सेले बनाउने कार्यविधिमा भर पर्ने धितोपत्र बोर्डका एक उच्च अधिकारी बताए। ‘चुक्तापुँजी, कर्मचारी संख्या र बजार पुँजीकरणका आधारमा एसएमई कम्पनीहरु छुट्याइनु उपयुक्त हुन सक्छ’, ती अधिकारीले भने।
अहिले सेयर बजारमा साना–ठूला सबै कम्पनीको एकै प्लेटफर्ममा कारोबार भइरहेका छन्। ‘अब छुट्टै एसएमई इन्डेक्समा साना तथा मझौता कम्पनीको कारोबार हुन्छ तर नेप्सेअन्तर्गत नै हुन्छन्’, ती अधिकारीले भने, ‘यसलाई नेप्सेले कार्यविधि, प्लेटफर्म तथा टे«डिङ सिस्टम बनाउँछ। अन्य कम्पनीले जस्तै यी कप्मनीले पनि पुँजी जुटाउन र परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले छुट्टै एसएमई इन्डेक्स बनाउन लागिएको हो।’
एसएमआई इन्डेक्सको अर्को उद्देश्य यी साना तथा मझौला कम्पनीलाई अनुगमन गर्न सहज होस् भन्ने रहेको ती अधिकारीले बताए।
एसएमआई इन्डेक्स सञ्चालनमा आए लघुवित्तमा कस्तो असर पर्ला ?
हाल एउटै प्लेटफर्ममा कारोबार भएका लघुवित्त कम्पनीहरु अब एसएमई इन्डेक्स सञ्चालनमा आए के होला भन्ने विषय भने अन्यौल नै रहेको छ। किसान लघुवित्तका एक अधिकारीले चुक्तापुँजी अधारमा छुट्टाउँदा ठिकै हुन सक्ने बताए। ‘प्रदेशस्तरको लघुवित्तको चुक्तापुँजी २ करोड रुपैयाँ हुनुपर्छ भने राष्ट्रियस्त लघुवित्तको चुक्तापुँजी १० करोड रुपैयाँ हुनुपर्छ’, ती अधिकारीले भने, ‘त्यसैले चुक्तापुँजीको हिसाबले छुट्याउँदा समस्या हुँदैन।’
ती अधिकारीका अनुसार अहिले साना पुँजी भएका तर रेट अफ रिटर्न बढी भएका लघुवित्त धेरै छन्। ‘यहाँनेर प्राविधिक समस्या हुन सक्छ, जस्तो– उनीहरुको अहिले लघुवित्तको उच्च मूल्य छ’, ती अधिकारीले भने, ‘यदि एसएमई इन्डेक्स सञ्चालनमा आयो भने लघुवित्तको मार्केट परफर्मेन्समा फरक पर्न सक्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago