काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन रहेको छ। 

गत मंसिर २७ गते कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने गत पुस १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। स्थानीयले भने आज बैंकिङ समयसम्म आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ४० लाख कित्ता आईपीओ जारी गरिएको छ। 

यो आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम वडा नं. १० तथा सूर्योद य नगरपालिका–११ का बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता (४० प्रतिशत) र  आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता छुट्याइएको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता आवेदन दिन पाउनेछन्। 

स्थानीयले भने इलामस्थित एनएमबि बैंक, लक्ष्मी बैंकको माइजोगीमाई शाखा, प्राइम बैंकको बिब्ल्याँटे शाखा र ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन्।