काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले गत पुस ११ नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले अनुमति दिएमा यो कम्पनीले ११ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।
कम्पनीले १०० अंकित दरका कुल ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन जारी गर्नेछ।
कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19