पोखरा । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ। 

कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने हेतुले आर एन्ड डी इनोभेटीभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखि १२ गतेसम्म यो मेला आयोजना गरेको हो। यस कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबि लघुवित्त वित्तीय संस्थाले पनि सहभागिता जनाएको छ।

संस्थाले आफ्ना ग्राहकलाई कृषिकर्जासम्वबधी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषि कर्जामैत्री निति निमार्णमा थप टेवा पुग्ने उद्देश्यका साथ उक्त मेलामा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले समेत सहभागिता जनाएका छन्। 

एनएमबि बैंकको सहायक कम्पनीका रुपमा रहेको एनएमबि लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। संस्थाले देशका सातवटै प्रदेशमा प्रादेशिक कार्यालयसहित ६८ जिल्लाका विभिन्न स्थानमा १४८ वटा शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।