काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले उकालो लागेको छ।
आज बजार ६.३७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८७.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४९८.९७ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ९ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल बजार स्थायित्वतिर मुभ गरिरहेको संकेत दिइरहेको बताउँछन्। ‘बजारले विश्राम लिँदै अगाडि बढिहरेको छ’, उनले भने, ‘अहिले बजार सेक्टरवाइज चलिरहेको देखिन्छ।’
सेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ नीतिले खासै असर नगर्ने ढकाल बताउँछन्। ‘यसले बरु बजारलाई थप स्थायित्व बनाउँछ’, उनले भने।
परिसूचकसँगै कारोबार रकमले रेकर्ड ब्रेक गरेको यो हप्ता बजारका लागि ऐतिहासिक बनेको उल्लेख गर्दै ढकालले बजारले लय समातेकोले आगामी साता पनि बढ्ने बताउँछन्। ‘आजबाट बैंक तथा वित्तीय संस्था चलेको देखिन्छ’, उनले भने, ‘यस कारण पनि बजार आगामी साता सकारात्मक हुने संकेत मिलेको छ।’
बजार अहिले चौतर्फी रुपले सकारात्मक नै रहेको ढकालको भनाइ छ। ‘बजार सानातिना करेक्सनका साथ अब अगाडि बढ्ने नै हो’, उनले भने, ‘नयाँ तथा साना लगानीकर्ताहरुले सोचविचार गरेर लगानी गर्नु उपयुक्त हुन्छ।’
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजार सकारात्मक नै रहेको बताउँछन्। हिजोको कारोबार रकम केही घटे पनि ९ अर्ब बढीको हुन भनेको बजारका लागि सकारात्मक नै रहेको उनको भनाइ छ।
अहिलेको बजारको चालअनुसार लगानीकर्ताहरु सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेको संकेत मिल्ने बास्तोलाले बताए। ‘यसले लगानीकर्ताहरु थप परिपक्व बनेको देखिन्छ’, उनले भने, ‘यद्यपि लगानीकर्ताहरुले सोचविचार गरेर राम्रा र बलिया कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ।’
अहिले बजार बुलिस ट्रेन्डमै रहेको बास्तोलाको भनाइ छ। ‘यो ट्रेन्ड अझै २ वर्षसम्म रहन सक्छ’, उनले भने, ‘करेक्सन हुँदै बजार अगाडि थप मजबुत हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ११३.४४ अंकले उकालो लागेको छ। वित्त समूह ८९.२६ अंकले बढेको आज बैंकिङ समूहमा १७.३४ अंक, अन्य समूहमा १.८ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक ७८.८५ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ५६.८२ अंकले घटेको यो दिन व्यापार समूहमा २२.६३ अंक, होटेल तथा पर्यटन समूहमा १८.८९ अंक, जलविद्युत् समूहमा ४२.२५ अंक, निर्जीवन बीमा समूहमा २३.४७ अंक, लघुवित्त समूहमा १३.२३ अंक र लगानी समूहमा ०.७५ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका २ करोड १ लाख ३३ हजार ६०२ कित्ता सेयर ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ४३ लाख रुपैयाँ, नेपाल टेलिकमको २४ करोड ११ लाख रुपैयाँ, सिभिल बैंकको २२ करोड ६९ लाख रुपैयाँ, निफ्राको १९ करोड ९७ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १९ करोड ७ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १७ करोड २२ लाख रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको १७ करोड १० लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १७ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। गुडविल फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त, गोखार्ज फाइनान्स, युनाइटेड इदी मर्दी र जानकी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन गुह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।
आज पाँचथर पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19