अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यक्रममा विशेष कार्यक्रमको आयोजना गरी दिपावली मनाएका छन् । ह्वाइट हाउसद्वारा जारी गरिएको सन्देशमा संसारभर दिपावली पर्व मनाइरहेका संसारभरका सबैलाई शुभकामना दिइएको छ ।

बाराका ओबामा दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति हुन् । उनले सन् २००९ मा आफ्नी पत्नी मिचेल ओबामासँग पहिलो पटक ह्वाइटहाउसमा दिपावली मनाएका थिए ।

un_dipawali

यसैबीच दिपावलीको अवसरमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको कार्यालयपनि विशेष रुपमा सजाइएको थियो । ह्याप्पी दिपावली लेखिएको सन्देश सहित राष्ट्रसंघ भवनलाई सुन्दर  रुपमा सजाइएको थियो ।

trump

त्यस्तै अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपले पनि भर्जिनिया स्थित एक मन्दिरमा दिपावली मनाएका थिए ।