– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा विगत ४ महिनादेखि निरन्तर गिरावटमा आइरहेको छ।
गत जनवरी १८ मा २९८० को विन्दुसम्म पुगेको सेयर बजार आज मार्च १८ सम्म आउँदा यो ४ महिनाको अवधिमा ६३७ अंकले ओरालो लागिसकेको छ। बजारमा न्युटनको तेस्रो नियम लागू हुने भएकोले अहिले घटेको सेयर बजार कुनै पनि समयमा यही गतिमा फर्किन पनि सक्छ।
आज हामीले निरन्तर घटेको सेयर बजारलाई केही अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत सूक्ष्म ढंगले अध्ययन गर्ने कोसिस गरेका छौँ।
प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
बजारको अहिलेको अस्थालाई इलिअट वेभको एउटा चक्रमार्फत हेर्ने हो भने यदि अहिलेको करेक्सन अघिल्लोपटकको न्यून विन्दु २२६० भन्दा माथिबाटै फर्किन्छ भने बजारले फेरि एउटा नयाँ यात्राको सम्भावना पनि रहन्छ। यो भनेको माइनर डिग्रीको वेभ २ हुन पनि सक्छ। तर बजार यो विन्दुभन्दा पनि तल आउँछ भने हालका लागि बजारले अघिल्लोपटकको बनाएको ३२०० विन्दु नै आगामी १ वर्षदेखि २ वर्षका लागि उच्च विन्दु हुन सक्ने सम्भावना पनि बजारमा रहन्छ।
यदि अहिलेको बजारले एबीसी बनाउँदै गरेको हो भने हाल वेभ ‘सी’ भित्रको पनि १ देखि ५ सम्मको चक्र पूरा गर्दा बजार लगभग २१३० सम्म पनि आउन सक्ने देखिन्छ। बजारको अहिलेको चाललाई हेर्दा एकपटक बजार २२६० देखि २२८८ को कुनै पनि विन्दुबाट फर्किन सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि बजार आगामी दिनमा भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा २७४० को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २४२७ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २१८० को विन्दुसम्म तथा ०.६१ प्रतिशतको टेवामा १९५० को विन्दुसम्म हुन सक्नेछ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ।
यो लाइनलाई आधार मान्ने हो भने गत २८ मार्चमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जुन अझै भ्यालिड नै रहेको छ। एमएसीडी लाइन र सिग्नल लाइन टाढा–टाढा भएको र हिस्टोग्राम नेगेटिभ र लामा लामा भएका छन्। यसले बजारमा बिक्रीकर्ता हावी भएको बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो ९बीचको० सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
यो औजारअन्तर्गत बजारको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र रातो मारुबुजु क्यान्डल बनेको छ । अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि बढेको छ। यसले बजारमा उच्चउतार चढाव पनि रहेको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ।
बजारको हालको आरएसआई २८.४० मा रहेको छ। यो भनेको ओभरसोल्ड जोनमा रहेको भन्ने हो। अघिल्लोपटक यो न्यून विन्दु १९.६५ को तहमा पुगेपछि बजारमा बढोत्तरी आएर आएको थियो। त्यसपछि यस्तो विन्दु ओभरबट जोन ७३ सम्म पुगेपछि मात्रै बजारमा करेक्सन आएको थियो।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २४३०
घटेमा सपोर्ट
निष्कर्ष
सेयर बजारमा प्रयोग हुने मुख्य टृुल्सहरुमार्फत अहिलेको बजारलाई संयुक्त रुपमा जोडेर हेर्ने हो भने बजार दैनिक कमजोर बनेको देखिन्छ। मुख्यगरी भोलुममार्फत बजार हेर्दा यसको पुष्टि हुन्छ। आरएसआईमार्फत बजारको अवस्था नियाल्दा हाल २८.४० को विन्दुमा रहेको र यो अझै करेक्सन भएर २० भन्दा तल आएपछि विगतमा बजार रिभर्सल भएको देखिन्छ। क्यान्डल स्टिकअन्तर्गत बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा करेक्सनको अवस्था अझै नसकिएको बुझिन्छ। एमएसीडीमार्फत बजारलाई हेर्दा पनि बजारमा अझै केही समय डगवाचकै अवस्थामा रहुनुपर्ने देखिन्छ। यदि आगामी दिनमा बजारमा भोलुम लगभग ५ अर्बको कारोबार भएर आरएसआईको विन्दु २० भन्दा तल जान्छ भने बजार जुनसुकै बेला रिभर्सल अर्थात यूटर्न हुन सक्नेछ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago