 
                     
                                
                             
                                    काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको तीव्रगतिमा फैलिरहेको संक्रमणलाई ध्यानमा राख्दै क्रिसमसको बिदाका लागि बनाइएका योजनाहरु रद्द गर्न अपिल गरेको छ।
डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एडनोम गेब्रियेससले सार्वजनिक स्वास्थ्यको रक्षाका लागि यस्तो अपिल गरेका हुन्। ‘क्रिसमसको बिदामा बनाइएका योजनाहरु रद्द गर्नु जिन्दगीलाई खतरामा पार्नुभन्दा उचित हुन्छ’, उनले भने।
ओमिक्रोन डेल्टा भेरिएन्टको तुलनामा निकै तीव्रगतिमा फैलिरहेको खास प्रमाणहरु फेला परेको डा टेड्रोसले बताए। ‘त्यसैले अब कठोर निर्णय लिनुपर्ने देखिन्छ’, उनले भने।
ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स, जर्मनीसहित थुप्रै देशले कडा प्रतिबन्धहरु लगाएका छन्। उनीहरुले क्रिसमसकै अवसरमा यात्रामा प्रतिबन्ध लगाएका छन्। नेदरल्यान्ड्सले पनि क्रिसमसका बेला देशमा कडा लकडाउन गर्ने घोषणा गरिसकेको छ।
उता अमेरिकी राष्ट्रपति जो बाइनले भने देशमा लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारेका छन्। तर अमेरिकी संक्रामक रोग विशेषज्ञ डा एन्थनी फाउचीले भने क्रिसमसका क्रममा हुने यात्राका कारण ओमिक्रोनको मामिला बढ्न सक्ने चेतावनी दिएका छन्।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) र विदेश विभागले अमेरिकी नागरिकहरुलाई स्पेन, फिनल्यान्ड, लेबनानसहित आठ देशहरुमा यात्रा गर्न सल्लाह दिएका छन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19