काठमाण्डौ । कोरोना नयाँ भेरिएन्ट ओमिक्रोनका विषयमा अहिले विश्वभरि नै चर्चा भइरहेको छ। जब पूरै विश्वलाई कोरोनाभाइरस संक्रमणको जोखिम कम हुँदै गएको आभाष हुँदै गएको थियो तब यो नयाँ भेरिएन्ट फेरि त्रास बढाउन थालेको छ।
अहिले यो नयाँ भेरिएन्टको कहाँबाट देखियो भन्ने विषयमा विश्वभर बहस हुन थालेको छ। कतिपय वैज्ञानिकहरुले यो भेरिएन्टले साउथ अफ्रिकाभन्दा पहिले युरोपका देशहरुमा देखिएको हुन सक्ने अनुमान लगाएका छन्। साउथ अफ्रिकामा पहिलोपटक यो भेरिएन्टबाट संक्रमित भएको घटना सार्वजनिक हुनुभन्दा ११ दिनअघि नै पश्चिम युरोपमा यो भेरिएन्ट देखिएको हालै प्रकाशित एक रिपोर्टमा उल्लेख छ। गत नोभेम्बर १९ देखि नोभेम्बर २३ सम्म पश्चिम युरोपमा केही व्यक्ति यो नयाँ भेरिएन्टबाट संक्रमित भएको रिपोर्टमा दाबी गरिएको छ।
यद्यपि रिपोर्टमा ती संक्रमितहरुले त्यसअघि साउथ अफ्रिकाको यात्रा गरेका थिए या थिएनन् भन्ने विषय खुल्न नसकेको उल्लेख छ। यही कारण यो नयाँ भेरियन्ट सुरुआत कहाँबाट भयो भन्ने विषयमा अहिले ठूलै बहस सुरु भएको हो।
यो रिपोर्ट सार्वजनिक भएसँगै जर्मनी र बेल्जियमले गत नोभेम्बर २४ अघि नै आफ्नो देशमा ओमिक्रोनको मामिला देखिएको स्वीकारेका छन्। नोभेम्बर २४ यो कारण पनि महत्वपूर्ण दिन मानिन्छ कि यही दिन साउथ अफ्रिकाले पूरै विश्वलाई कोरोनाको नयाँ भेरिएन्ट देखिएको जानकारी गराएको थियो। योसँगै नयाँ भेरिएन्ट निकै संक्रामक रहेको भन्दै विभिन्न देशले साउथ अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यो नयाँ भेरियन्ट निकै संक्रामक रहेको जनाइसकेको छ। यद्यपि हाल उपलब्ध खोपहरु यो भेरियन्ट रोकथामका लागि प्रभावकारी छन् वा छैनन् भन्ने विषय स्पष्ट भइसकेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago