काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामगठबन्धनको सरकार आउँदा मुलुकबाट पूँजी पलायन हुने र सेयरबजार घट्ने कुनै कारण नभएको बताएपछि यसले पूँजीबजारलाई तरङ्गित पार्नसक्ने संभावना देखिएको छ ।
बाम गठबन्धनको तर्फबाट आइतबार संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत भएका ओलीले बामपन्थीको सरकार आएपछि पूँजीबजारको बिस्तारमा अवरोध आउने, सेयरबजार घट्ने जस्ता अफवाह फैलाएर स्वार्थी समूहले सोझा लगानीकर्ता डूूबाउन खोजेको दाबी गरेका थिए ।
उनले सरकार गठन भएको तीन महिनाभित्र आर्थिक विकासको संकेत देखिने गरी काम गर्ने उल्लेख गर्दै भनेका थिए-''सेयरबजार बढ्दैन भनेर स्वार्थी समूहले फैलाएको हल्ला हो । देशमा लगानीको वातावरण निर्माण गरेर बजारमा उभार ल्याउन हामी कटिबद्ध छौ ।''
सेयर बजारलाई नै इंगित गरेर लगानीकर्र्तालाई उत्साहित बनाउने गरी ओलीको बोली आएपछि लगानीकर्ताका कतिपय अगुुवा तथा विश्लेषक यसले बजारमा सकारात्मक तरंग ल्याई नेप्से बढाउने दाबी गर्छन् ।
हामीले ओलीको बोलीका कारण सोमबारपछिको बजारमा कुनै प्रभाव देखिएला ? भनेर बजारका अध्येता, विश्लेषक तथा सेयर बजारका ज्ञान भएकालाई सोधेका छौ । हेरौं उनीहरुको भनाई जस्ताको तस्तै:
बोलीले मात्र बजार बढ्दैन–दिलिप मुंनकर्मी(सेयर बजारका जानकार)
मेरो विचारमा ओलीको बोलीले मात्र अहिले शेयरबजार बढ्ने अवस्था छैन । नयाँ सरकार र ओलीको बोलीले वित्तिय र अन्य कारणले घट्न लागेको बजारमा ठूूलो गिरावट आउनबाट भने रोक्नसक्छ ।
वित्तिय परिसुचक, तरलता, वचतको आपूर्ति र ऋणको माग बीचको बढ्दो अन्तर, मंसिरमा गत वर्ष बजारमा भएको चलखेल आदि धेरै कारणले पनि बजारलाई बढ्नबाट रोकिरहेको छ । यदि राजनीतिक वातावरण थप धमिलिने हो भने ओलीको बोलीले मात्र बजारको गिरावटलाई रोक्न सक्दैन ।
भाषण होइन, नीति बनाऊ–ज्योति दाहाल(सेयर बजारसँग सम्बन्धित कानूनका जानकार)
भाषण गर्न र मुखमा जे आयो त्यही बोले जस्तै नीतिगत रुपमा राम्रो व्यवस्था ल्याएर देखाउनुपर्ने हुन्छ । पूँजीबजारको महत्व बुझेको अर्थविदले मात्र यसलाइ सम्बोधन गर्न सक्छ, त्यस्तो व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मा दिन सकेमा केही हुनसक्ला ।
यस्तै, धितोपत्र कानूनमा आमूल परिवर्तन, स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डको स्वायत्तता लगायत विषय सम्बोधन गर्नुपर्छ । राहत बाँडेजस्तो बाँडफाँड नीतिले बजार विकास नहुने भएकोले समानुपातिक बाँडफाँड नीति अपनाउनुपर्छ । घर घरमा शेयर भन्ने नाराले मात्र पूँजीबजार बिकास हुन्न ।
बजारको अभिन्न अंग दलाल र लगानीकर्ताको बीच फाटो ल्याउने कार्यले पनि बजार बिकास गर्दैन । ओलीको बोलीले मात्र बजार बढ्छ भन्ने मलाई लाग्दैन ।
ओलीको बोलीले बजार तताउँछ–राजु पौडेल(सेयर बजारका अध्येता)
मैले यसअघि धेरैपटक भनेको छु र लेखेको छुु कि यसअघि ओली प्रधानमन्त्री हुँदा समेत बजारले इतिहास रहेको थियो । अब ओली नै प्रधानमन्त्री हुँदैछन् र उनले सेयर बजारका लागि अर्को इतिहास रचिदिनेछन् । अहिलेको बजार भ्याट प्रकरणले बढी प्रभावित भएको हो । भ्याट पूँजीबजार तथा सेयर कारोबारमा लाग्नुुहुन्न भन्ने हाम्रो धारणा रहिआएकोछ । यो समस्या एकदुुई दिनमै समाधान होला । यसकारण ओलीको आइतबारको बोलीले सोमबारको बजार तताउनेमा म आशावादी छुु । कतिपय लगानीकर्ता ओलीको बोली पर्खिएर समेत बसेका छन्, त्यस्तालाई ओलीको प्रतिबद्धता र स्पष्ट धारणाले उत्साहित बनाउन सक्छ ।
बजार बढ्छ–नवराज घिमिरे(अगुवा लगानीकर्ता)
मैले यो न्यूज त पढन पाएको छैन, तर यदी केपी ओलीले त्यसो भनेकै हुन् भने सोमबारको मार्केट केही हदसम्म बढ्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19