bull vs bear market
काठमाण्डौ । वेटिङ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सेयर बजारको बिषयमा दिएको अभिव्यक्तिले बजारको पहिरो थामिएको छ । ओलीको बोलीले बजार थामिए पनि भ्याट प्रकरणको अन्यौल र अस्पष्टताले बजार बढ्न भने सकेन । अधिकांश लगानीकर्ता भ्याट प्रकरण कसरी टुंगिन्छ भन्ने पर्खाईमा छन् । यस्तै, नयाँ सरकारले लिनसक्ने आर्थिक रणनीतिलाई समेत धेरै लगानीकर्ताले पर्खेर बसेका छन् ।
तर, आइतबारको तुलनामा सोमबार बजारमा सामान्य सुधार भने देखिएको छ । विश्लेषकहरुले बामपन्थीको नेतृत्वमा बन्ने सरकारले सेयरबजारमैत्री नीति लिने भन्दै लगानीकर्तालाई ढुक्क हुन ओलीले गरेको आग्रहका कारण बजारमा कारोबार बढेको बताएका छन् । नेप्से परिसूचक स्थिर रहनुु र कारोबार रकम बढ्नुुले भविष्यमा बजार बढ्नसक्ने उनीहरु दाबी गर्छन् ।
सोमबार नेप्से परिसूचक ०.८९ अंकले घटेर १५०८.२५ अंकमा सीमित बन्न पुुगेको छ । यो दिन बैकिङ, बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा झिनो गिरावट आयो । बैकिङ समूह ३.०१ अंकले घट्यो भने बिमा समूह २५.५६, विकास बैंक १२.२१ र माइक्रोफाइनान्स समूह २.०४ अंकले घटे ।
यो दिन व्यापारिक समूहमा ६, होटल समूहमा २.३६, जलविद्युत समूहमा १३.४४, बित्त समूहमा ३.३१, उत्पादनमूलकमा २१.४८ र अन्य समूह ८.६८ अंकले बढे ।
‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार नआउँदा सेन्सेटिभ इण्डेक्स ०.२७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१४ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६३ कम्पनीका १२ लाख २५ हजार ५४ कित्ता सेयर ५६ करोड ८३ लाख २१ हजार ७ सय ७९ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड २० लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल टेलिकमले २ करोड ९५ लाख, नेपाल ग्रामीण विकास बैंकले २ करोड ७४ लाख, प्राइम कमर्सियल बैंकले २ करोड ३५ लाख, एभरेष्ट बैंकले २ करोड ११ लाख बढीको कारोबार गरे । प्रभूू बैंकको १ करोड ६६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा चिलिमे हाइड्रोले १ करोड ५६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४२ लाख, बुटवल पावर कम्पनीले १ करोड ३७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुुमाउने कम्पनी
यो दिन प्रोग्रेसिभ फाइनान्सले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । सहयोगी विकास बैंकको सेयर मूल्यमा पनि ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतको हाराहारीमा पहिरो गयो । कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडको मूल्य ५.२३ र रिलायन्स फाइनान्सको मूल्य ५.०३ प्रतिशतले घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago