काठमाण्डौ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको चीन भ्रमणको क्रममा सिन्धुुपाल्चोकको तातोपानी नाका पुनः संचालन गर्न चीन सरकारलाई आग्रह गरेका छन् । 

चीनको तिब्बत र मानसरोवर भ्रमणको क्रममा उनले त्यहा भेट भएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता थता चिनिया सरकारका प्रतिनिधिहरुसँग त्यस्तो आग्रह गरेका आइतबार ओली निवासमा आयोजित स्थायी कमिटी बैठकमा जानकारी दिइएको थियो । 

सो भेटमा ओलीले चिनियाँ अधिकारीहरुलाई नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म व्यापारिक नाकाहरु समेत खुल्ला गर्ने पहलकदमी थालिदिन आग्रह गरेका थिए  । स्थायी कमिटीमा ओलीले दिएको जानकारी अनुसार चिनियाँ अधिकारीहरु समेत तातोपानी नाका खोल्न तथा पूर्वदेखि पश्चिमसम्मै व्यापारिक नाका खुल्ला गर्ने बिषयमा समेत सकारात्मक रहेका थिए ।  

ओलीले मानसरोवर यात्राको नाममा चिनियाँ उच्च अधिकारीहरुसँग भेट गरेको खबर बाहिरिएलगत्तै भारतीय दूताबासमा बैठक बसेको उच्च स्रोतले जनाएको छ । पछिल्लो समय भारत र चीनबीच तनाव बढिरहेको बेला शक्तिशाली दलका अध्यक्ष ओलीले चिनियाँ अधिकारीहरुसँग राखेका मागको बिषयमा भारतीय दूतहरुले गम्भीर छलफल चलाएका बुझिएको छ । बैठकमा मधेशवादी दलका २ नेताहरुको समेत सहभागिता रहेको थियो र उनीहरुले दूताबासमा ओलीको बिषयमा रिपोर्टिङ समेत गरेका बुझिएको छ  

ओली निवास बालकोटमा सम्पन्न स्थायी समितिले बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी समेत टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा निम्न जिल्लाहरूमा निम्नअनुसार जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गरेको एमाले प्रचार विभागले जनाएको छ ।

रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, 
रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, 
मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, 
भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कु“वर, 
डोल्पा : प्रमुख शेरबहादुर बुढा, सल्यान ः उपप्रमुख कुलबहादुर गिरी, 
कालिकोट : प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, 
जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, 
हुम्ला : उपप्रमुख खगेन्द्र कार्की, 
सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, 
मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, 
खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, 
इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, 
बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी, 

काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । 

कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने बताइएको छ । थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक भोलि साउन १६ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ ।