काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण सिर्जना गर्नका लागि सबै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने जनाएको छ। 

पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी–व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको हो। चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायीत्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ। निजी क्षेत्रमा भ्रम उत्पन्न गराउने गरी बेलाबखत आउने समाचारले अन्यौलता पैदा गर्दछ।’ 

सत्य, तथ्य र निष्पक्ष समाचारले अर्थतन्त्रको जग बलियो बनाउने र यसले निजी क्षेत्रको मनोबल उकास्ने विज्ञप्तिमा उल्लेख छ। उद्योग र व्यवसायको विकासमार्पmत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सबै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ।  

मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ। सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बरले आग्रह गरेको छ। 

सञ्चार माध्यमको निष्पक्षतालाई निजी क्षेत्रले पथप्रर्दशकका रुपमा ग्रहण गर्ने विज्ञप्तिमा जनाइएको छ।