काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले औषधि मूल्य बढ्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै यस्तो भेटिएमा कारबाही हुने चेतावनी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित प्रेस व्रिफिङमा यस्तो चेतावनी दिएका हुन् ।
‘विभिन्न क्षेत्रबाट सर्वसाधारणहरुले औषधिको मूल्य बढेको गुनासो गर्नुभएको छ, औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण नै छैन ।’ डा. देवकोटाले भने–‘यो विषयमा औषधि व्यवस्था विभागका महानिर्देशकले समेत यसअघि नै प्रष्ट पारिसक्नुभएको छ ।’
उनले कुनै पनि बाहानामा मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै चेतावनी दिंदै भने–‘कुनै पनि किसिमको मूल्य वृद्धि नहोस्, हामीले कडा अनुगमन गर्छौ, त्यस्तो भेटिएमा कडा कारबाही हुन्छ ।’
यसैबीच, डा. देवकोटाले पछिल्लो समय काठमाण्डौबाट विभिन्न जिल्ला फर्कनेहरुलाई समेत क्वारेन्टाइनमा राखिएका कारण क्वारेन्टाइनमा बस्नेको संख्या बढेको दाबी समेत गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19