काठमाण्डौ । साबिकको कञ्चन डेभलपमेन्ट बैंकको सेयर एनएमबी बैंक लिमिटेडको नाममा मंगलबार सूचीकृत भएको छ।

एनएमबीमा विलय भएको कञ्चनको ४९ लाख ६७ हजार ६५५ कित्ता सेयर एनएमबीको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो। कञ्चनलाई प्राप्ति गरेको एनएमबी बैंकले करिब एक महिनाअघिबाट एकीकृत कारोबार नै सुरु गरिसकेको छ।

एनएमबीले कञ्चनलाई १००ः८५ को सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। कञ्चनलाई प्राप्ति गरेपछि एनएमबी बैंकको चुक्तापुँजी १४ अर्ब ४५ करोड रुपैयाँको भएको छ।