काठमाण्डौ। युनिलिभर नेपालले ‘सफा हिमाल अभियान–२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। 

कञ्चनजंघाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी २०७९ जेठ १६ गते सम्पन्न गरको थियो। टोलीले सफलतापूर्वक ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन गरेको घोषणा गर्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित छ। ४५ दिने अभियानका क्रममा कञ्चनजंघा हिमालबाट जम्मा १५.३७ टन फोहोर संकलन भएको थियो। 

सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुनेहुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने अनुमान गरिएको छ। यसको समाधान भनेको राष्ट्रहरुले प्लास्टिकको प्रयोग कसरी गर्छन्। पुनः प्रयोग गर्ने र अन्ततः प्लास्टिकको प्रयोगलाई कम गर्ने तौरतरिकामा परिवर्तन गर्नु हो। यस अभियानको क्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरुको रुपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको छ। 

मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै टिम कञ्चनजंघाले फोहोर संकलनमा तीव्रता दिएर लक्षित फोहोर लक्षित समय अघि नै संकलन गरेको थियो। पूर्ण समर्पित टीमले संकलन जारी राख्यो र आफ्नो लक्ष्यको १५० प्रतिशतभन्दा बढी फोहोर संकलन गर्न सक्षम भएको छ।

यो पहल युनिलिभरको ब्रान्ड सर्फ एक्सेलबाट प्रेरित थियो जसले ‘फोहर राम्रो छ’ को नारालाई सार्थक तुल्याउँछ। पेशागत पर्वतारोही र नेपाली सेना सदस्यहरु सम्मिलित माउन्टेन एक्सपिडिसन टोलीले हिमाल सफा गर्न आफ्नो कपडाहरु फोहर हुन दिएका थिए। युनिलिभर इन्टरनेसनलले यस प्रयासलाई सहयोग गर्नका लागि साझेदारी गरेको हो।

हिमालहरुलाई आउँदो पुस्तासम्मका लागि सुन्दर र आकर्षक बनाइराख्नका लागि सानो भूमिका खेल्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित छ। यस अभियान मार्फत युनिलिभर नेपालले वातावरणप्रति आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरको छ र ‘विश्वलाई उत्तम दिगो साझा स्थान’ बनाउने आफ्नो प्रतिबद्धतालाई कायम राखेकोे छ।