काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा कञ्चन डेभलपमेन्ट बैंकका अधिकांश सूचक निराशाजनक देखिएका छन् । समीक्षा अवधिमा बैंकको नाफा कम हुनका साथै अधिकांश सूचकमा राम्रो प्रगति गर्न नसकको बिहीबार प्रकाशित बैंकको वित्तीय प्रतिवेदनले उल्लेख गरेको छ । 

बैंकले खराब कर्जा अनुपात वृद्धि भएको र सञ्चालन मुनाफा समेत कम भएका कारण बैंकले नाफा आर्जन गर्न नसकेको हो । तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात २ दशमलव ६१ प्रतिशत कायम भएको छ । यो गत वर्षको यही अवधिसम्म बैंकले कूल कर्जाको २ दशमलव १७ प्रतिशतमात्र रहेको थियो । यो निकै ठूलो अनुपात हो ।
 
समीक्षा अवधिमा बैंकको नाफा ३ करोड ९८ लाख ८६ हजार रुपैयाँमा खुुम्चिएको छ । गत वर्ष यही अवधिमा बैंकले ४ करोड ५९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

खुद व्याज आम्दानीमा केही प्रगति गरेको भए पनि बैंक सञ्चालन मुनाफा उल्लेख्य रुपमा कमी आएको देखिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड ७९ लाख ६६ हजार मात्र कायम भएको छ । गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ६ करोड ६४ लाख ३६ हजार रुपैयाँँ रहेको थियो । 

यस अवधिमा बैंकको खुद व्याज आम्दानी २ १२ करोड ७६ लाख ९८ हजार रहेको छ । गत वर्षको साही अवधिमा बैंकले ११ करोड ७२ लाख ९२ हजार ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी भने व्यापक कमी आएको छ  । करीव १० दशमलव ५१ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ५४ रुपैयाँ रहेको छ । 

बैंकको चुक्ता पूँजी ५० करोड ६० लाख रहेको छ भने ८ करोड ८७ लाख ७६ हजार रपैयाँँ जगेडा कोषमा रहेको छ ।