काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३८.८८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरिएको थियो।
संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २५ लाख ९९ हजार ५९८ आवेदकबाट ३ करोड १ लाख १३ हजार ७०० कित्ता सेयर माग भएको छ। जुन मागको तुलनामा ३८.८८ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ७७ हजार ४५६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यसरी १० कित्ताका दरले सेयरमध्येबाटै २० कित्तामाथि आवेदन दिन तिनै आवेदकमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
नेष्डो समृद्ध लघुवित्तको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago