काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली फेर्ने बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । अब सरकारको कार्यशैली फेर्नेछु । अब पूर्वनिर्धारित र केही अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । ’
अब अत्यावश्यक र पूर्व निर्धारित बाहेक कुनै पनि कार्यक्रममा सहभागी नहुने पनि उनले बताए ।
प्रधानमन्त्री कार्यालयमा रहेको एक्सनरुमबाट ठूला आयोजनाहरुको नियमित अनुगमन गर्न सुरु गरेको पनि उनले बताए ।
उनले सरकार असफल पनि नभएको र आफूले सोचे अनुसारको परिणाम पनि नआएको उनले बताए ।
उनले यसअघि निर्माण भएको पूर्वाधार निर्माणको जस खोसाखोस गर्न छोडेर बाँकी रहेको पूर्वाधार निर्माण सम्पन्न गर्न लागिरहेको बताए ।
उनले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब आर्टिफिसियल इन्टेलिजेन्ट(एआई) जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको पनि बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19