 
                     
                                
                             
                                    काठमाण्डौ । एलपी ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्रीवितरण बन्द गरेका छन्।
नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास उद्योगहरुले बिक्रेताहरुलाई ग्यास बिक्रीवितरण रोकेका हुन्। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार ग्यास उद्योगीहरुले ग्यास बिक्रीवितरण रोकेका हुन्।
निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतका आधारमा दिँदै आएको कमिसन गत फागुन १९ गतेबाट बन्द गरेको छ। कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त रुपमा गत चैत ५ गतेदेखि आन्दोलन गर्दै आएका छन्।
निगमले कमिसन कटौतीको निर्णय नसच्याए यही चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम पदार्थको बिक्री बन्द गरिने चेतावनी उनीहरुले दिएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19