काठमाण्डौ ।सर्वोच्च अदालतमा समयमा नै कमोडिटि एक्सचेन्ज सञ्चालनमा नआएको भन्दै रिट दायर भएको छ।
मंगलबार अधिवक्ता रपिश पोखरेलले उक्त रिट दायर गरेको बुझिएको छ ।
उनको रिटको सुनुवाइका लागि आगामी पुस २९ गते पेशी तोकिएको छ।
साथै उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल धितोपत्र बोर्डलाई पनि विपक्षी बनाएका छन्।
उनले रिटमा मुलुकको लागि वस्तु विनिमय बजार आवश्यक रहेको र वस्तु विनिमय बजार सञ्चालन सम्बन्धी ऐन नै आइसकेको अवस्थामा बजार सञ्चालन के कति कारणले हुन नसकेको हो भन्दै अन्तरिम आदेश दिन पनि माग गरेका छन् ।
‘वस्तु विनिमय बजार सार्वजनिक बजार हो। बस्तु विनिमय बजारमा कृषक,उत्पादन, लगानीकर्ता तथा सर्वसाधारण जो कोहीको पनि बजारसँग आश्रित हक हित गाँसिएको हुन्छ। अर्को तर्फ वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ को प्रावधान बमोजिमको बजार सञ्चालन तथा व्यवस्थापन नभएको अवस्था छ। बस्तु विनिमय बजार सम्बन्धी ऐनको कार्यान्वयनमै पनि समस्या रहेको छ। नेपाल धितोपत्र बोर्ड वस्तु विनिमय बजारको नियामक निकाय हो। ऐनले प्रदान गरेको जिम्मेवारी कुनै सार्वजनिक निकायले पुरा नगरेको अवस्थामा त्यसको प्रभाव जो कोही नेपाली नागरिकलाई पर्न सक्ने हुँदा यो सार्वजनिक सरोकारको विषय रहेको छ पोखरेलले रिटमा उल्लेख गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19