काठमाण्डौ । बस्तु विनिमय बजार(कमोडिटी मार्केट) संचालन गर्ने संगठित संस्थाको चुक्तापूँजी न्यूनतम ५० करोड हुनुपर्ने प्रस्ताव गरिएको छ ।
धितोपत्र बोर्डले सार्वजनिक गरेको वस्तुु विनिमय बजार सम्बन्धी प्रस्तावित नियमावलीमा यस्तो व्यवस्था गरिएको हो ।
नियमावलीमा अनुमतिपत्र नलिई कार्य गर्न नपाइने र बजार संचालन गर्ने संस्थाको न्यूनतम पूँजी ५० करोड हुनुपर्ने उल्लेख छ । यस्तै, अनुमतिपत्र प्राप्त संस्थाले अनुमति प्राप्त गरेको मितिले ६ महिनाभित्र पूर्वाधारको व्यवस्था गर्नुपर्ने, कसैले पनि कूल शेयर पूंजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने र विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने लगायतको व्यवस्था समेत प्रस्ताव गरिएको छ ।
यस्तै, नियमावलीमा बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी कारोबार प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
नियमावलीमा अन्य के के प्रस्ताव गरिएको छ ? हेरौं बुँदागत रुपमा:
दण्ड सजाय
कसूरजन्य कार्य सम्बन्धी मुद्दा सरकार वादी हुने
५ लाख रुपैंयासम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै
कसूरदारवाट क्षतिपूर्ति भराईने
कसूर गर्न मद्दत गर्नेलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने
कारवाही, दण्ड र जरिबाना
– प्रशासनिक कारवाही
– सचेत वा लिखित चेतावनी
– सुधारात्मक कदमकालागि सञ्चालक समितिलाई कवुलियतनामा
– कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध
– बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने
जरिबाना
– न्यूनतम १० हजार देखि अधिकतम ५० लाख रुपैयांसम्म
शेयर स्वामित्व सम्बन्धी व्यवस्था
वस्तु विनिमय बजारको अनुमति लिएको पांच बर्ष सम्म शेयर बिक्री गर्न नपाईने
योग्यता पूरा नगरेको व्यक्तिले शेयर स्वामित्व लिन नसक्ने
शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृती लिनुपर्ने
शेयर खरिद गरिलिनेको योग्यता पूरा भएको विवरण पेश गर्नुपर्ने
वस्तु विनिमय बजारको शेयर जफत गरिएमा सो शेयरलाई बोल कबोल बाट बिक्री गरिने
वस्तु विनिमय बजारले कारोबार शुरु गरेको वा स्थगन गरेको वस्तु करारको जानकारी तुरुन्त लगानीकर्तालाई दिनुपर्ने
वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने र सूचिकरण गर्नुपर्ने
सूचिकृत करार मात्र कारोबार गर्नुपर्ने
राफसाफ व्यवसायी नियुक्त गरी सम्झौता गर्नुपर्ने
दलाल व्यवसायी, बजार निर्मातालाई सदस्यता प्रदान गर्ने
संचालक सम्बन्धी व्यवस्था
वस्तु विनिमय बजारले यथाशक्य फरक फरक क्षेत्रबाट संचालक नियुक्त गर्नुपर्ने
संचालक समितिले कार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने
अयोग्यता भएका व्यक्ति संचालक समितिमा रहन नहुने
संचालक समितिको बैठक नियमित रुपमा बस्नुपर्ने
संचालकलाई तोकिएका योग्यता निरन्तर रुपमा कायम हुनुपर्ने
कारोबार सम्बन्धी व्यवस्था
कारोबार गर्न सकिने वस्तु तोकिएको
बोर्डमा दर्ता भएको करार मात्र कारोबार गर्नुपर्ने
व्यवसायीले लगानीकर्ताको आदेश लिएर मात्र लगानीकर्ताको लागि कारोबार गर्नुपर्ने
दलाल व्यवसायी मार्पmत लगानीकर्ता आफैले विद्युतीय रुपमा कारोबार गर्न सकिने
कारोबारको जिम्मेवारी व्यवसायीको हुने
लगानीकर्ताको पूर्ण अभिलेख राख्नुपर्ने
रकमको लेनदेन बैंक मार्फत मात्र गर्नुपर्ने
अभिलेख, जानकारी तथा विवरण प्रवाह व्यवस्था
कारोबार तथा ग्राहकको सम्बन्धमा सम्बन्धित सबैले यथार्थ र दुरुस्त अभिलेख राख्नुपर्ने
अनुमतिपत्र प्राप्त संस्थाले बार्षिक, अर्धबार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने
संवेदनशील सूचना तथा बोर्डले तोकिदिएका सूचनाहरु तुरुन्त दिनुपर्ने
अनुमतिपत्र प्राप्त संस्थाले नियमित लेखा परीक्षण गराउनु पर्ने तथा प्रतिवेदन बोर्डमा पेश गर्नुपर्ने
सेवा शुल्क तथा नियमन शुल्क सम्बन्धी व्यवस्था
वस्तु कारोबार व्यवसायीले लगानीकर्ता संग शुल्क लिन सक्ने
वस्तु विनिमय बजार तथा राफसाफ व्यवसायीले सदस्यसंग शुल्क लिन सक्ने
अनुमतिपत्र प्राप्त संस्थाले नियमन शुल्कको रुपमा आपूmले प्राप्त गरेको शुल्क मध्येबाट केही बोर्डलाई दिनुपर्ने
सुपरिवेक्षण, नियमन तथा कारवाही सम्बन्धी
बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने
सुपरिवेक्षणबाट कारवाही गर्न आवश्यक देखिए बमोजिम कारवाही अगाडी बढाइने
सम्बन्धित पक्षलाई आप्mनो भनाई राख्न मौका प्रदान गरिने
अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र निलम्बन तथा खारेजी वा जरिवान गर्नु अघि बढीमा पन्ध दिनको म्याद दिई स्पष्टिकरण सोधिने