काठमाण्डौ । सरकारले कम मापदण्ड र गुणस्तरका पेय पदार्थको आयातमा प्रतिबन्ध लगाउने भएको छ । 

विभिन्न देशबाट नेपालमा निर्वाध रुपमा गुणस्तरहीन जूस आयात भइरहेको छ । यसले स्वदेशी उद्योगबाट उत्पादित गुणस्तरीय उत्पादनले बजार नपाएको भन्दै बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो । 

सरकारले पेय पदार्थको मापदण्ड बनाउने र कम मापदण्डका पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइनेछ । 

यस्तै, सरकारले विलासी वस्तु आयातमा समेत कडाई गर्ने बजेटमार्फत घोषणा गरेको छ । बिलासी वस्तुको आयातमा कडाई गर्नैका आयात रोक्ने विभिन्न ऐन निर्माणको घोषणा समेत गरिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले विलासी वस्तुमा कडाई गर्नैका लागि एन्टी डम्पिङ, काउन्टर भेलिङ लगायतका उपाय अवलम्बन गरिने घोषणा गरेका छन् ।