काठमाण्डौ । धितोपत्र कारोबारमा हुने पूूँजीगत लाभकर अब विद्युुतीय प्रणाली(इटीडीएस)मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले जुनसुकै राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुुुक्ता प्रमाणपत्र लिन सक्ने भएका छन् ।

आन्तरिक राजश्व कार्यालयले सेयर कारोबारमा लाग्दै आएको करसम्बन्धमा थप स्पष्ट पार्दै अब उप्रान्त विद्युुतीय प्रणालीमार्फत् करदाखिला भएको अवस्थामा सम्बन्धित व्यक्तिले आफूूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयबाट कर चुुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था लागूू गरेको हो । 

यसअघि धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुले ब्रोकर कम्पनी, सिडिएससी, नेप्से, ठूूला कर कार्यालय र कर कार्यालयको लामो चक्कर काट्नुुपर्ने अवस्थालाई राजश्व विभागले सहज बनाइदिएको हो । 

अब यससँगै प्राकृतिक व्यक्तिले अन्य क्षेत्रमा कर नछलेको भए यसलाई अन्तिम करका रुपमा स्वीकार गरी तुरुन्तै कर चुक्ता प्रमाणपत्र दिइनेछ । 

यसअघि नेप्सेले नै लगानीकर्ताहरुको पूूँजीगत लाभकर एकमुुष्ट रुपमा कर कार्यालयमा दाखिला गर्ने चलन रहेको थियो । यसपछि भने अब नेप्से, सिडिएससी र ब्रोकर कम्पनीले लगानीकर्ताहरुको प्यान नम्बर लिई सोझै विद्युुतीय प्रणालीमार्फत् कर दाखिला गर्नसक्ने अवस्था सिर्जना भएको छ । यद्यपि बजार जानकारका अनुुसार सिडिएससीले नै पूूँजीगत लाभकर इटिडिएसबाट कर कार्यालयमा दाखिला गरिदिएको खण्डमा सहज हुुन्छ ।

धितोपत्र बोर्डको पहलकदमीलाई स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले स्वागत गर्दै आगामी दिनमा यस व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने जिकिर गर्छन् । 'यस्तो प्रावधानले अन्यौलता हटेको छ भने अब उप्रान्त सेयर बजारलाई पनि कतिपय व्यक्तिका लागि सहज भएको छ ।'-उनले बिजशालासँग भने ।